फिल्म ‘जार’ को टिम लाग्यो भारततिर, सिक्किम र सिलिगुडीमा प्रिमियर गर्ने

काठमाडौं : सौगात मल्ल, अनुपविक्रम शाही र गायिका तथा सङ्गीतकार झुमा लिम्बु फिल्म जार प्रमोसन गर्न भारतको सिक्किम गएका छन्। फिल्मका निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डेसहितको टिम मंगलबार गान्तोक गएका हुन्।
निर्माण टिमले यसलाई फिल्म जारको वर्ल्ड प्रिमियर दाबी गरेको छ। निर्देशक लामाले सिक्किमपछि मे ३ तारिखमा सिलिगुडीमा दोस्रो प्रिमियर गर्ने बताए।
फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा बनेको हो। फिल्ममा सौगात र अनुपविक्रमसँगै गीताञ्जली थापाको मुख्य भूमिका छ।
फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। सरवानन इलावार्सुको छायाङ्कन रहेको फिल्म ‘जार’मा अखिलेश राईको सम्पादन छ। फिल्म बैशाख २६ मा रिलिज हुँदैछ।
वैशाख १६, २०८२ मंगलबार १४:०४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।