रास्वपा सांसद झालाई रवीन्द्र मिश्रको चिन्ता, राज्यले दुर्व्यवहार गरेको आरोप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई राज्यले दुर्व्यवहार गरिरहेको भन्दै आपत्ति जनाए।
मंगलबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमत नभए पनि राज्यले गरिरहेको दुर्व्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरे।
‘रवीन्द्र मिश्रज्यूको विचार र व्यवहारप्रति सहमति नहोला तर उहाँप्रति राज्यले गरिरहेको दुर्व्यवहारप्रति मेरो घोर विमति छ। त्यसैले त्यसमा सच्याइयोस्’ उनले भने।
उनले गत वैशाख १४ गते काठमाडौंमा एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरेको प्रमाणित दाबी समेत गरे।
वैशाख १४ काठमाडौंमा एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुपर्ने थियो, एक झापु लगाए, ठिक गरेर हिरासतमा पुर्याए’ भनेर स्विकारेको भन्दै उनले अब आइन्दा कुनै मन्त्री र महामन्त्री यो विषयमा वादविवाद गर्न नआउन भने।
वैशाख १६, २०८२ मंगलबार १३:५४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।