रुख काट्दा च्यापिएर मृत्यु

मकवानपुर : मकवानपुरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। को बागमती गाउँपालिका–३ देउजोरमा स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा रुखले च्यापिएर इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनको शव हेटौँडा अस्पतालमा परीक्षण हुँदैछ।
वैशाख १६, २०८२ मंगलबार १०:२८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।