दिगो लगानीका लागि एनएमबी बैंकले तीन अन्तर्राष्ट्रिय साझेदारसँग गर्‍यो हस्ताक्षर

दिगो लगानीका लागि एनएमबी बैंकले तीन अन्तर्राष्ट्रिय साझेदारसँग गर्‍यो हस्ताक्षर

काठमाडौं : दिगो विकास र जलवायु लक्ष्यप्रति प्रतिबद्धता जनाउँदै एनएमबी बैंकले अन्तर्राष्ट्रिय विकास साझेदारहरू इन्टरनेशनल फाइनान्स कर्पोरेसन, ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट र मेटलाइफसँगको सहकार्यमा ६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने भएको छ। उक्त साझेदारीका लागि सम्झौतामा हस्ताक्षर भएको छ। 

वण्डबाट प्राप्त रकम जलवायु अनुकूल परियोजनामा लगानी गरिनेछ। मुख्यतः सौर्य उर्जा, विद्युतीय सवारी, हरित भवन, बायोमास लगायत नवीकरणीय उर्जा स्रोतहरूमा आधारित परियोजनाहरूमा उक्त लगानी केन्द्रित गरिने छ।

एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले हस्ताक्षर समारोहमा बोल्दै यो पहल नेपालमा नवीकरणीय उर्जा तथा दिगो वित्तीय प्रणालीमा क्रान्तिकारी फड्को हुने विश्वास व्यक्त गरे।

यस किसिमको हरित वण्डले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सिर्जना गर्नुका साथै नेपालको उर्जा क्षेत्रमा दीगो विकासको आधार बलियो पार्ने कम्पनीको विश्वास छ। साथै, दिगो लगानीको माध्यमबाट देशको आर्थिक रूपान्तरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

वैशाख १५, २०८२ सोमबार २०:५३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।