नाटकमा डेब्यु गर्दै रेखा

काठमाडौं : अभिनेत्री रेखा थापा फिल्म र राजनीति हुँदै अब नाटकमा देखिने भएकी छिन्। रेखाले कान्तिपुर फिल्म एकेडेमीले मंचन गर्न लागेको नाटक ‘मीरा’बाट डेब्यु गर्दैछिन्।
जेठ १५ गतेदेखि असार ७ गतेसम्म मञ्चन हुने नाटक दीपक सिंजालीद्वारा लिखित उपन्यास ‘मीरा’मा आधारित छ।
नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा समावेश रहेको बताइएको छ। नाट्य रुपान्तरण तथा निर्देशन सुन्दर धितालले गर्दैछन्।
नाटकको मुख्य भूमिकामा अभिनेत्री रेखा थापा रहने एकेडेमीले जनाएको छ। फिल्मी र राजनीतिक दुनियाँपछि नाटकमा पाइला टेकेकी रेखाले कस्तो छाप छाड्लिन ? यसको जवाफ खोज्न पर्खनुको विकल्प छैन।
वैशाख १५, २०८२ सोमबार १९:५२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।