शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक : रामवरण यादव

शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक : रामवरण यादव

काठमाडौं : नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु देशको लागि सबैभन्दा खतरनाक कदम भएको बताएका छन्। 

सोमबार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र धरासाही हुनुको मुख्य कारण शिक्षा र स्वास्थ्यको निजीकरण हुनु रहेको बताए।  

‘आर्थिक स्थिति नाजुक भएको छ, कृषि र उद्योग सबै धरासाही छन्, तर सबैभन्दा ठूलो गल्ती शिक्षा र स्वास्थ्यको बारेमा भएको छ। शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक कुरा हो,’ उनले भने।

यादवले सरकारले पर्यावरणमैत्री विकासतर्फ ध्यान दिनुपर्ने बताए। शिक्षा स्वास्थ्य र कृषि क्षेत्रमा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने उनको भनाई छ। 

साथै उनले सरकारी अस्पतालहरूको अवस्था सुधार हुन नसकेको भन्दै दुःख व्यक्त गरे। ‘निम्न वर्गीय परिवारका बालबालिकाले निजी विद्यालयमा पढ्न सक्दैनन्, र सरकारी अस्पतालहरूको अवस्था पनि राम्ररी सुधारिएको छैन। निजी अस्पतालमा जान सक्ने अवस्था छैन,’ उनले भने।  

वैशाख १५, २०८२ सोमबार १९:२६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।