नयाँ दिल्लीमा डा भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेट

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ।
प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुगेका अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो।
भेटका क्रममा दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउने बारे सकारात्मक छलफल भएको पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले जनाएको छ।
भेटमा दुई देशबीचको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाइमा पुर्याउने भन्नेबारे छलफल भएको सचिवालयले जनाएको छ।
भेटमा अध्यक्ष भट्टराईले भारतको कश्मिर क्षेत्रको पहलगाममा भएको आतङ्कवादी हमलाबारे दुःख व्यक्त गरेका थिए।
वैशाख १५, २०८२ सोमबार १८:२२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।