लिङ्देन र थापा एउटै मञ्चमा

काठमाडौं : लामो समयदेखि अलग भएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा लामो समयपछि एकै मञ्चमा देखिएका छन्।
कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोधसभामा राप्रपाका अध्यक्ष लिङ्देनसहितका नेताहरूको उपस्थिति चासोको विषय बनेको छ।
राप्रपाको महाधिवेशनपछि अध्यक्षमा लिङ्देन निर्वाचित भएपछि कमल थापाले नयाँ दल ‘राप्रपा नेपाल’ दर्ता गर्दै छुट्टै बाटो समाएका थिए। त्यसयता दुई नेताबीच दूरी कायम रहँदै आएको थियो।
यस्तो अवस्थामा लिङ्देन र थापा एकै कार्यक्रमको मञ्चमा देखिनु दुवै दलबीचको सहकार्यको संकेतका रूपमा हेरिएको छ। फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको क्रेज र चैत १५ मा तीनकुनेमा भएको घटनापछि राजवादीहरूको सक्रियता बढेको छ।
वैशाख १५, २०८२ सोमबार १७:१९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।