तोलामा १४ सय रुपैयाँले घट्यो सुन

काठमाडौं : साताको दोस्रो दिन सोमबार (आज) सुनचाँदीको मूल्य घटेको छ।
आइतबारको तुलनामा आज सुन तोलामा १४ सय रुपैयाँ घट्दा चाँदीमा २० रुपैयाँ गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ८८ हजार तीन सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ८९ हजार सात सय रुपैयाँ थियो।
यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार ९७० रुपैयाँ भएको छ। चाँदी भने हिजो तोलाको एक हजार नौ सय ९० रुपैयामा कारोबार भएको थियो।
वैशाख १५, २०८२ सोमबार १०:३८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।