प्रतिनिधि सभाको बैठक बस्दै, विषयगत समितिका सदस्यको नाम हेरफेर हुने

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक विहान ११ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सांसदहरूको नाम हेरफेर गर्ने संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
सरकारकाे मन्त्री भएर रघुजी पन्त सरकारमा आएसँगै विषयगत समितिमा रहेका उनको स्थान रिक्त भएको छ। उनको स्थानमा सभामुखले आज एमालेकै अर्का सांसदलाई त्यस स्थानमा राखिएको घोषणा गर्नेछन्।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१ पेश गर्नेछन्।
त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसका अलावा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०२० माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
वैशाख १५, २०८२ सोमबार ०९:५०:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।