मंगलबारसम्मै हल्कादेखि मध्यम वर्षाको सम्भावना

मंगलबारसम्मै हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं : नेपालमा मंगलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ।

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाका कारण वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आइतबारदेखि काठमाडौं उपत्यका लगायत देशभर वर्षा हुन थालेको हो।बागमती प्रदेशका चितवन, काठमाडौं, ललितपुर लगायतका केही जिल्लाहरुमा असिनासमेत परेको छ।

सोमबार र मंगलबार पनि कोशी, मधेश र बागमती प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

मंगलबार लुम्बिनी प्रदेशमा पनि हल्का वर्षा हुने प्रक्षेपण छ। हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ।

वैशाख १५, २०८२ सोमबार ०८:०७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।