बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, १५ शिक्षक घाइते

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, १५ शिक्षक घाइते

काठमाडौं : आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । बिजुलीबजार-नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो। सोही क्रममा तनाव बढेको हो। आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा भएको थियो।

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडपमा प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो। शिक्षक महासंघका अनुसार उक्त  झडपमा १५ जना भन्दा बढी शिक्षक घाइते भएका छन्। 

शिक्षक र कर्मचारी मैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्। सरकारले वार्तामा बोलाएपनि शिक्षकहरूले पहिला माग पुरा गर्नुपर्ने भन्दै वार्तामा बस्न मानिरहेका छैनन्। 

वैशाख १४, २०८२ आइतबार १४:१७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।