अण्डाको मूल्य बढ्यो

काठमाडौं : नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ।
संघको शनिबार सम्पन्न छलफलले आइतबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो।
ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट रु चार सय ३०, मध्यमको रु तीन सय ८० र ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको छ ।
यसअघि ठूलो अण्डाको मूल्य रु रु तीन सय ५० मा झरेको थियो।
एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) रु तीन हजार १४०, ठूलो अण्डा रु तीन हजार र मझौलाको रु दुई हजार ६५० कायम गरिएको छ।
नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ।
वैशाख १४, २०८२ आइतबार १०:५७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।