काठमाडौं महानगरपालिकामा आज शोक बिदा

काठमाडौं : काठमाडौं महानगरपालिकाले तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आज शोक बिदा दिएको छ।
महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आइतबार शोक बिदा दिएको जानकारी दिएको हो।
उपप्रधानपञ्चका रुपमा उनले शहर निर्माण, शहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पु¥याएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको जनाएको छ।
जसअनुसार आज अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा रहेको छ।
स्वर्गीय डंगोलको शनिबार अन्त्येष्टि भइसकेको छ। पूर्व स्वास्थ्य राज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता डंगोलको शुक्रबार निधन भएको थियो।
२००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि क्यान्सरबाट पीडित थिए।
वैशाख १४, २०८२ आइतबार ०९:४४:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।