आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज(आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
जसअनुसार, अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ४३ पैसा र बिक्री दर १३७ रुपियाँ ०३ पैसा,युरोपियन युरो एकको खरिद दर १५५ रुपैयाँ ०५ पैसा र बिक्री दर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिद दर १८१ रुपैयाँ ६४ पैसा र बिक्री दर १८२ रुपैयाँ ४४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६४ रुपैयाँ ६७ पैसा र बिक्री दर १६५ रुपैयाँ ४० पैसा कायम भएको छ।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०७ पैसा र बिक्री दर ८७ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २८ पैसा र बिक्री दर ९८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रुपैयाँ ८१ पैसा र बिक्री दर १०४ रुपैयाँ २६ पैसा ,जापानी येन १० को खरिद दर नौ रुपैयाँ ५२ पैसा र बिक्री दर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७२ पैसा र बिक्री दर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ४३ पैसा र बिक्री दर ३७ रुपैयाँ ५९ पैसा तोकेको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ ०७ पैसा र बिक्री दर चार रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ १४ पैसा र बिक्री दर ३७ रुपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ १९ पैसा र बिक्री दर ३१ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ।
त्यसैगरी, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ४८ पैसा र बिक्री दर नौ रुपैयाँ ५२ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ०८ पैसा र बिक्री दर १४ रुपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ७७ पैसा र बिक्री दर २० रुपैयाँ ८६ पैसा ,हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रुपैयाँ ९३ पैसा र बिक्री दर ४४६ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६३ रुपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ ३४ पैसा र बिक्री दर ३५५ रुपैयाँ ९० पैसा रहेको छ। यस्तै, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
वैशाख १४, २०८२ आइतबार ०७:४७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।