'साहसी' सुरक्षाको अर्को फिल्म 'कोशेढुंगा' को फस्टलुक, पोस्टरमा एकल, फिल्ममा कस्तो होला भूमिका?

'साहसी' सुरक्षाको अर्को फिल्म 'कोशेढुंगा' को फस्टलुक, पोस्टरमा एकल, फिल्ममा कस्तो होला भूमिका?

काठमाडौं : एक अन्तर्वार्तामा बोलेको जायज विषयले चर्चामा छिन् अभिनेत्री सुरक्षा पन्त। ह्दयन्द्र शाहलाई हेन्डसम भन्दै फिल्म खेल्न दिएको सुझावले राजा बनाउने सपना देखेका राजावादीहरू सपना तुहिए बराबरको फ्रस्टेसन पोखिरहेका छन् सञ्जालमा। उनको पक्षमा पनि उत्तिकै अभिव्यक्ति आइरहेका छन् सञ्जालमा। हलमा फिल्म 'खेल' चलिरहेको छ।

यसैबीचमा उनको अर्को फिल्म ‘कोशेढुङ्गा’को फर्स्ट लुक्स र रिलिज मिति पनि यही माहौलमा सार्वजनिक भयो।  भदौ १२ लाई रिलिज मिति तोकेर सार्वजनिक गरिएको फस्टलुकको पोस्टरमा सुरक्षा मात्र अटाएकी छिन्। 

चलचित्र ‘कोशेढुङ्गा’मा सुरक्षासँगै आर्यन सिक्देल, नीति शाह, प्रवीण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईँ, सिरु विष्ट, उद्धव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकार छन्।

नरदेवी फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन्। कार्यकारी निर्मातामा दिनेश खड्का हुन्।  बाबु श्रेष्ठको डीओपी रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष् अविरल र रिदम कँडेलको सङ्गीत रहनेछ । सिनेमाका कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्।

वैशाख १३, २०८२ शनिबार २३:२०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।