गुजरातबाट ५०० भन्दा बढी बङ्गलादेशी आप्रवासी पक्राउ

एजेन्सी : गुजरात प्रहरीले अहमदाबाद र सुरतमा ५०० भन्दा बढी बङ्गलादेशी अवैध आप्रवासीलाई नक्कली कागजातहरूको साथ पक्राउ गरेको छ।
विशेष परिचालन समूह (एसओजी), मानव बेचबिखन विरोधी एकाइ (एएचटीयू) र स्थानीय प्रहरीको संयुक्त अपरेसनमा उनीहरूलाई हिरासतमा लिइएको हो।
प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरू अवैध रूपमा भारत प्रवेश गरेका थिए र नक्कली कागजात प्रयोग गरेर बसेका थिए। सुरतमा १०० र अहमदाबादमा ४५० भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन्।
सोधपुछ र प्रमाणिकरणपछि उनीहरूलाई स्वदेश फर्काउने प्रक्रिया शुरु हुनेछ।
वैशाख १३, २०८२ शनिबार २०:३७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।