नेपाल सुपर लिगको उपाधि ललितपुर सिटीलाई

नेपाल सुपर लिगको उपाधि ललितपुर सिटीलाई

  
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को उपाधि ललितपुर सिटी एफसीले जितेको छ।

काठमाडौंको दशरथ रंगशालामा शनिबार भएको रोमान्चक फाइनलमा ललितपुरले पोखरा थन्डर्स एफसीलाई २-१ गोल अन्तरले हराएको हो।

खेलको ४२ औँ मिनेटमा ललितपुरका इमोह इजकिएलले टिमलाई अग्रता दिलाएका थिए। ६३ औँ मिनेट गोल गर्दै पोखराका सुदिल राईले खेललाई बराबरीमा फर्काएका थिए। तर, त्यसको १० मिनेटपछि ललितपुरका पापा इबु केबेले गोल गर्दै ललितपुरलाई जित दिलाउन सफल भए। 

ललितपुर सिटीले लगातार दोस्रो पटक उपधि उचालेको हो।

वैशाख १३, २०८२ शनिबार २०:११:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।