आइतबार काठमाडौं महानगरपालिकामा शोक बिदा

काठमाडौं । तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा काठमाडौँ महानगरपालिकाले आइतबार शोक बिदा दिने भएको छ।
पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा मृत्यु भएको थियो।
आज प्रशासन विभागले सूचना जारी गर्दै शोक बिदा सम्बन्धी जानकारी दिएको हो । वि. सं. २००४ साल माघ २९ गते जन्मेका डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग जुधिरहेका थिए ।
वैशाख १३, २०८२ शनिबार १७:५३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।