पारस भन्छन्- नेपाली क्रिकेटमा राम्रो जग बनिसकेको छैन

पारस भन्छन्- नेपाली क्रिकेटमा राम्रो जग बनिसकेको छैन

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटमा एउटा बलियो जग बसाल्ने प्रयासमा नेपाल क्रिकेट संघ लागि रहेको दाबी गरेका छन्। 

शनिबार राष्ट्रिय क्रिकेट टोलीका लागि नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट लको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको भन्दै नयाँ प्रशिक्षकको उपस्थितीमा यो सोचमा पूरा हुने बताए।

‘नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्थामा हामी पुगेका छौँ। हाम्रो राष्ट्रिय टोली पनि राम्रो छ। नेपाली क्रिकेटमा एउटा राम्रो जग बनिसकेको छैन, त्यसैले त्यो जग बसाल्ने प्रयासमा नेपाल क्रिकेट संघ लागि रहेको छ,’ उनले थपे, ‘यसमा नयाँ प्रशिक्षक थपिनु भएपछि उहाँको उपस्थितीमा क्रिकेटलाई हामीले बलियो बनाउछौँ भन्ने सोचमा छौँ।’

वैशाख १३, २०८२ शनिबार १७:४०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।