बेगमबेली फूलले रङ्गिएको तिलोत्तमा (फोटोफिचर)

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र पर्ने बुटवल-भैरहवा सडकखण्ड अहिले फूलले ढकमक्क भएको छ। बसन्त ऋतु शुरू भएसँगै सडकको डिभाइडर र सर्भिस लेनमा फुलेका फूलले सम्पूर्ण क्षेत्रलाई आकर्षक बनाएको छ।
करीब १३ किलोमिटरको यो सडकखण्डमा डिभाइडरमा बुद्धका मूर्तिसँगै रोपिएका र ढकमक्क फुलेका बेगमबेली फूलहरूले सडकको सौन्दर्य अझ बढाएका छन्। सर्भिस लेनमा पनि हरिया बनस्पति र फूलहरू देख्न सकिन्छ।
तिलोत्तमा नगरपालिकाले सडक सौन्दर्य बढाउन फूल रोप्ने, संरक्षण गर्ने र नियमित रेखदेखको काम गर्दै आएको छ। नगरपालिकाका अनुसार सडकको बीच डिभाइडर र सर्भिस लेनमा हाल २५ सयभन्दा बढी बेगमबेली फूल रोपिएका छन्।
नगरपालिकाले बेगमबेली फूललाई ‘नगरफूल’ घोषणा गरेको छ। तिलोत्तमा अहिले विश्वका ४० सफा नगरमध्ये एकमा परेको छ।
वैशाख १३, २०८२ शनिबार १६:०३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।