एमाले संसदीय दलको बैठक बानेश्वरमा जारी

काठमाडौं । एमालेको संसदीय दलको बैठक शुरू भएको छ।
संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा दलको बैठक प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा आज सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा दलको बैठक भएको हो।
बैठकमा ओलीले यस अधिवेशनका मुख्य कार्यभार, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित गर्ने, विद्यमान परिस्थितिलाई बुझेर जनताका समस्याको उठान र समाधानका उपायका लागि खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सम्बोधन गरिरहेका छन्।
वैशाख १३, २०८२ शनिबार १५:२६:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।