लाहोर विमानस्थलमा भीषण आगलागी

लाहोर विमानस्थलमा भीषण आगलागी

लाहोर : लाहोर विमानस्थलमा भीषण आगलागी भएको छ।

पाकिस्तानको अल्लामा इकबाल अन्तर्राष्ट्रिय विमानस्थल (लाहोर अन्तर्राष्ट्रिय विमानस्थल) मा शनिबार बिहान आगो लागेको हो।

आगलागीका कारण विमानस्थलबाट हुने सम्पूर्ण उडानहरू रद्द गरिएका छन् भने सयौं यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन्।

भारत र पाकिस्तानबीच पहलगाम आतङ्कवादी आक्रमणलाई लिएर बढ्दो तनावका बीच लाहोर विमानस्थलमा आगो लागेको छ। अहिले आगो नियन्त्रणमा आइसकेको छ। 

वैशाख १३, २०८२ शनिबार १४:३८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।