कांग्रेस महामन्त्री गगन र विश्वप्रकाशसँग शिक्षक महासंघको भेट

कांग्रेस महामन्त्री गगन र विश्वप्रकाशसँग शिक्षक महासंघको भेट

काठमाडौं : आन्दोलनरत नेपाल शिक्षक महासंघको नेतृत्वले नेपाली कांग्रेस महामन्त्रीहरुसँग भेट गरेका छन्।

शनिबार दिउँसो महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वका शिक्षकको टोलीले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेट गरेका हुन्।

भेटमा शिक्षक महासंघको नेतृत्वले शिक्षक आन्दोलनका मागहरूका बारेमा जानकारी गराउँदै पूरा गर्नका लागि पहल गरिदिन आग्रह गरे। जसमा महामन्त्रीद्वयले  पहल गर्ने प्रतिबद्धता जनाए।

जारी सरकार एमाले र कांग्रेस मिलेर बनेको दुई तिहाइको सरकार हो। तर, शिक्षक आन्दोलनका विषयलाई लिएर प्रधानमन्त्री र अर्थमन्त्री त्यति सकारात्मक देखिदैनन्।

उनीहरू शिक्षकलाई गलाएर घर फर्काउने सोचमा देखिन्छन्। तर, यसपटक शिक्षकहरुले आन्दोलनलाई प्रतिष्ठाको विषय बनाएका छन्।

विद्यालय शिक्षा ऐन बोकेर मात्र कक्षाकोठामा फर्कने उनीहरुको अडान छ।

वैशाख १३, २०८२ शनिबार १३:४४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।