दराज नेपालद्वारा ‘च्वाइस’ सार्वजनिक गर्दै, उपभोक्तालाई उत्कृष्ट मूल्य र सुविधा

काठमाडौं : नेपालकै ठूलो अनलाइन शपिङ्ग प्लेटफर्म दराजले नयाँ ‘च्वाइस’ अप्शन सार्वजनिक गर्ने भएको छ।
यसमार्फत उपभोक्ताले एक हजारभन्दा बढी टप-रेटेड उत्पादनहरू प्रत्यक्ष निर्माता स्रोतबाट न्यूनतम एक सय ३० रुपैयाँदेखि उपलब्ध मूल्यमा खरिद गर्न सक्नेछन्।
‘च्वाइस’ले एकै कार्ट र एकै वेयरहाउस प्रणाली प्रयोग गरी किनमेललाई सहज बनाउने लक्ष्य लिएको छ।
एकदेखि तीन दिनभित्र द्रुत डेलिभरी, तीन वा बढी सामग्री खरिद गर्दा निःशुल्क डेलिभरी, र स्टकमा आधारित फ्रि गिफ्टको सुविधा उपलब्ध हुनेछ।
साथै, १४ दिनको फिर्ता नीति र ‘लाइटनिङ डिल्स’, ‘फ्ल्यास सेल्स’, ‘अर्ली बर्ड अफर’ जस्ता अफरहरू पनि रहनेछन्।
‘च्वाइस’ मा युनिलिवर, डाबर, ब्रिटान्निया, गोद्रेज लगायतका ट्रस्टेड ब्रान्डका उत्पादनहरू समावेश हुनेछन्। दराज एपमा होमपेज वा ‘च्वाइस’ सर्च गरेर पहुँच गर्न सकिनेछ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले उपभोक्तालाई गुणस्तरीय सेवा, उचित मूल्य र छिटो डेलिभरीमार्फत थप विश्वसनीय अनुभव दिने उद्देश्य रहेको बताए।
वैशाख १३, २०८२ शनिबार ११:५९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।