सूर्यज्योतिले १७औं वार्षिकोत्सव मनायो, १५ वर्ष सेवा गरेका कर्मचारी सम्मानित

सूर्यज्योतिले १७औं वार्षिकोत्सव मनायो, १५ वर्ष सेवा गरेका कर्मचारी सम्मानित

काठमाडौं : पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १७औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा अध्यक्ष, संचालकहरू, सीईओसहित १५ वर्षभन्दा बढी सेवा गरेका २१ कर्मचारीलाई सम्मान गरियो।

प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीको वित्तीय मजबुती, नविनतम प्रविधिको प्रयोग र ग्राहकमैत्री सेवाको विस्तारमा प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट सेवा दिने प्रतिवद्धता व्यक्त गरे। उनले कर्मचारीको हकहित, सीप विकास र पारिवारिक वातावरण कम्पनीको प्राथमिकता रहेको बताए।

अध्यक्ष केशवप्रसाद भट्टराईले ग्राहक, अभिकर्ता, सेयरधनी, नियमनकारी निकायलगायत सबैलाई निरन्तर सहयोगका लागि धन्यवाद दिए। संस्थागत सुशासन र पारदर्शिता अझ मजबुत बनाउने बताए।

कम्पनीले हालै ई-कर्जा सेवा र सूर्यज्योति केयर्स डिजिटल कार्ड सुरू गरिसकेको छ। सूर्यज्योति देशकै पहिलो आईएसओ ९००१:२०१५ प्रमाणित जीवन बीमा कम्पनी हो। ५०१ करोड चुक्ता पुँजी, ४४०० करोड लगानी, ३९४० करोड बीमा कोष, ३२ लाखभन्दा बढी बीमालेखसहित कम्पनीले देशभर १७४ शाखाबाट सेवा दिइरहेको छ।

वैशाख १३, २०८२ शनिबार ११:५१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।