नेपाल मोबाइल वितरक संघका नवनिर्वाचित पदाधिकारीहरूलाई एमपिआईएद्वारा बधाई तथा स्वागत

नेपाल मोबाइल वितरक संघका नवनिर्वाचित पदाधिकारीहरूलाई एमपिआईएद्वारा बधाई तथा स्वागत

काठमाडौं : मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआईए)ले नेपाल मोबाइल वितरक संघ (एनएमडिए)का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई बधाई तथा स्वागत गरेको छ।

एमपिआइएका अध्यक्ष दीपक कुमार मल्होत्राले एनएमडिएका नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठीसहित सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे। साथै, दुई कार्यकालसम्म एनएमडिएको नेतृत्व गरेका निवर्तमान अध्यक्ष दिनेश चुल्याद्योलाई योगदानका लागि धन्यवाद दिँदै उच्च मूल्याङ्कन गरे।

अध्यक्ष मल्होत्राले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को प्रभावकारी कार्यान्वयनका लागि एमपिआइए, एनएमडिए र नेपाल मोबाइल व्यवसायी महासंघ (एफएनएमबिए) बीच सहकार्यलाई सशक्त बनाउनुपर्नेमा जोड दिए।

सुरक्षित, व्यवस्थित र मर्यादित मोबाइल व्यापार वातावरण निर्माण गर्दै उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउनु सबैको साझा लक्ष्य हुनुपर्ने धारणा उनले राखे।

एमपिआइएका उपाध्यक्ष संजय अग्रवालले मोबाइल बजारमा व्याप्त असुरक्षित उधारो कारोबार नियन्त्रण र अबैध मोबाइल आयात रोक्न तत्काल ध्यान दिनुपर्ने बताए।

एनएमडिएका अध्यक्ष रघु त्रिपाठीले एमपिआइए र एनएमडिएबीच आगामी दिनमा अझ सुदृढ समन्वय गर्दै व्यवसाय प्रवर्द्धन र व्यवसायिक शुद्धता कायम राख्न प्रतिबद्ध रहेको बताए।

वैशाख १३, २०८२ शनिबार ११:४६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।