मणिमुकुन्द भलिवल कपको उपाधिका लागि साग र गल्कोट भिड्ने

मणिमुकुन्द भलिवल कपको उपाधिका लागि साग र गल्कोट भिड्ने

बुटवल : रुपन्देहीमा जारी १०औं मणिमुकुन्द भलिबल कप पुरुष इन्डो-नेपाल क्लब च्याम्पियनसिपको फाइनलमा भारतको साग भलिबल एकेडेमी र गल्कोट भलिबल क्लब भिड्ने भएका छन्।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा साग भलिबल एकेडेमीले गण्डकी प्रदेश भलिबल संघलाई ३-१ (२१-२५, २५-२०, २९-२७, २५-१७) सेटमा हरायो। सागका सुरज चौधरी प्लेयर अफ दी म्याच चुनिए।

दोस्रो सेमिफाइनलमा गल्कोटले त्रिभुवन आर्मी क्लबलाई ३-१ (२५-१८, २३-२५, २५-१४, २५-२२) सेटमा पराजित गर्यो। गल्कोटका अमिर सेरागत प्लेयर अफ दी म्याच बने।

फाइनल र तेस्रो स्थानको खेल शनिबार तिलोत्तमा-२ स्थित क्लबको मैदानमा हुनेछ। विजेताले ३ लाख ११ हजार १११, उपविजेताले २ लाख ११ हजार १११, तेस्रोले १ लाख ११ हजार १११ र सान्त्वनाले ६६ हजार ६६६ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

सर्वोत्कृष्ट खेलाडी, सेटर, ब्लकर, स्पाइकर, डिफेन्स, सर्भर, कोच र अनुशासित खेलाडीलाई पनि पुरस्कृत गरिनेछ। बैशाख ६ देखि सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी थिए।

वैशाख १३, २०८२ शनिबार ०९:४१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।