अछामको साँफे हाटबजारमा भीषण आगलागी

काठमाडौं : अछामको साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन्।
आज बिहान पौने ४ बजे साँफेबगर नगरपालिका वडा नम्बर ३ स्थित हाटबजारमा आगलागी भएको हो।
शुभेच्छा मःम सेन्टरमा विद्युत् ‘सट’ भएर आगो सल्किएको थियो । तीब्र गतिमा फैलिएको आगोले वरपर टिनका टहरामा सञ्चालित १० वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बिहान ६ बजे आगो नियन्त्रणमा लिएको उनले बताए। डीएसपी भण्डारीका अनुसार आगलागीमा मानवीय र पशुचौपाया क्षति भएको छैन।
क्षतिको विवरण संकलन गर्ने काम शुुरु भएको प्रहरी प्रमुख डीएसपी भण्डारीले जानकारी दिए।
वैशाख १३, २०८२ शनिबार ०८:२४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।