राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक नेपालमा, मुलपानीमा हुने ‘कोर क्याम्प’मा सहभागी हुने

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक नेपालमा, मुलपानीमा हुने ‘कोर क्याम्प’मा सहभागी हुने

काठमाडौं : नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन्।

अष्ट्रेलियाली प्रशिक्षक स्टुअर्ट शुक्रबार साँझ नेपाल आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामा र क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए।

क्यानले केही अघि उनलाई प्रशिक्षक नियुक्त गरेको थियो। नेपाल आएसँगै आजबाट माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा हुने कोर क्याम्पमा सहभागी हुनेछन्।

कोर क्याम्पका लागि क्यानले ५२ जना खेलाडीहरूको नाम समावेश गरी चार वटा टीम (रातो, नीलो, हरियो र पहेँलो) बनाएको छ।

जसमध्ये आज तल्लो मुलपानीमा हरियो र पहेँलो तथा माथिल्लो मैदानमा रातो र नीलो खेल्दैछन्।

हरियो र पहेँलोको कप्तानी क्रमश: आशिफ शेख र दीपेन्द्रसिंह ऐरीले गर्दा रातो र नीलोको कप्तानी सन्दीप लामिछाने र रोहितकुमार पौडेलले गर्दैछन्।

वैशाख १३, २०८२ शनिबार ०७:३२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।