श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुख बीच श्रम सम्झौताबारे छलफल

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख आर्मिन मेसिनोभिकबीच नेपाली कामदारको रोजगारका अवसरहरू र श्रम सम्झौताबारे महत्वपूर्ण छलफल भएको छ।
आज श्रम मन्त्रालयमा सम्पन्न उक्त बैठकमा, बोस्नियाका मिसन उपप्रमुख मेसिनोभिकले नेपाली कामदारलाई बोस्नियामा रोजगारीको अवसर उपलब्ध गराउने सम्बन्धमा द्विपक्षीय श्रम सम्झौताका लागि प्रस्ताव अघि सारे।
मन्त्री भण्डारीले बोस्नियालाई नेपाली श्रमिकहरूको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न र द्विपक्षीय श्रम सम्झौताका प्रक्रिया अघि बढाउन आफ्नो प्रतिबद्धता व्यक्त गरे।
यो बैठकले बोस्नियामा नेपाली कामदारको लागि नयाँ अवसरहरूको ढोका खोल्नसक्ने बताइएको छ। साथै भविष्यमा दुई देशबीचको श्रम सम्बन्धलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
वैशाख १२, २०८२ शुक्रबार १९:१७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।