रौतहटमा बालकको शव फेला, हत्याको आशंका

रौतहटमा बालकको शव फेला, हत्याको आशंका

रौतहट : रौतहटको गारुडा नगरपालिका–८ स्थित चाँदी खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ। वृन्दावन नगरपालिका–७ बस्ने १४ वर्षीय कृष्ण प्रसाद यादवको शव फेला परेको प्रहरीले जनाएको छ। 

बालकको शवको प्रकृति हेर्दा हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार  बालकको शव शुक्रबार बिहान पानीमा घोप्टो परेको अवस्थामा फेला परेको हो। घटनाको जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। 

प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा शवको पेट र कन्चटमा गहिरो चोट देखिएको र धारिलो हतियार प्रयोग भएको हुन सक्ने आशंका गरिएको उनको भनाइ छ। घटनासम्बन्धी थप अनुसन्धान शुरू गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

वैशाख १२, २०८२ शुक्रबार १८:२५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।