जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन : चितवनमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छिन्।

गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५च २६४४ नंको जिपले ना४५प १७९५ नंको स्कुटरलाई आज ठक्कर दिँदा स्कुटर चालक वाग्लेको मृत्यु भएको हो। 

घाइते वाग्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। 

वैशाख १२, २०८२ शुक्रबार १६:२५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।