डीपी अर्यालको चेतावनी : हिसाब-किताब २०८४ मा गरौँला

डीपी अर्यालको चेतावनी : हिसाब-किताब २०८४ मा गरौँला

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डीपी अर्यालले सरकारले आफ्नो पार्टी सभापतिमाथि प्रतिशोधको रूपमा व्यवहार गरेको भन्दै यसको हिसाबकिताब २०८४ मा गर्ने चेतावनी दिए।

प्रतिनिधि सभामा बजेट अधिवेशनको प्रारम्भमा बोल्दै उनले संसदीय छानबिन समितिको प्रतिवेदन विपरीत रवि लामिछानेमाथि चार जिल्लामा मुद्दा चलाएको र संसद् पद निलम्बन गर्ने रणनीति अनुसार सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको उनको आरोप थियो।

उनले सरकार जसरी पनि रविलाई थुन्न लागेर चैत २२ मा कानुनी प्रक्रिया अनुसार पक्राउका लागि आवश्यक कानुनी प्रक्रिया समेत पुरा नगरी दुई दिन, तीन रात अवैध रूपमा हिरासतमा राखेको उनले दाबी गरे।

उनले प्रहरी कानुनी प्रक्रिया अनुसारको कागजपत्र समेत नलिई रविको निवासमा जानु र प्रहरी अधिकारीले अन्तिम इच्छा सोध्नुले कानुनी शासनको धज्जी उडाएको दाबी गरे।

वैशाख १२, २०८२ शुक्रबार १५:०३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।