संसदको बजेट अधिवेशन सुरू, मन्त्रीको रूपमा पहिलो पटक संसद प्रवेश गर्दै रघुजी पन्त

काठमाडौं : संसदको बहुप्रतिक्षित बजेट अधिवेशन आज वैशाख १२ गतेबाट औपचारिक रूपमा सुरू भएको छ।
देशको आर्थिक नीति र योजनालाई निर्देशित गर्ने यो अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ।
अधिवेशनको पहिलो दिन नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्री नियुक्त भएपछि पहिलो पटक संसद बैठकमा उपस्थित भए। बैठकमा उनी हँसिलो मुद्रामा देखिए।
वैशाख ८ गते तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले स्वास्थ्य कारण देखाउँदै मन्त्री पदबाट राजीनामा दिएकी थिइन्। तर, राजनीतिक वृत्तमा उनको राजीनामा प्रधानमन्त्रीसँगको मतभेदका कारण भएको चर्चा चलेको छ।
भट्टराईले राजीनामा दिएपछि वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई मन्त्री नियुक्त गरेका थिए। ११ गते उनको शपथग्रहण भएको थियो।
आजको संसद बैठकमा भट्टराई र पन्त दुवै उपस्थित थिए।
वैशाख १२, २०८२ शुक्रबार १४:२८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।