वाइवाइ थोक विक्रेता उपहारमा रामेश्वरले जिते नेटा भी कार

काठमाडौँ : वाइवाइ चाउचाउले थोक विक्रेताहरूलाई लक्षित गर्दै सञ्चालन गरेको ‘थोक विक्रेता उपहार योजना’ अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका सञ्चालक रामेश्वर तिवारीले नेटा भी कार जितेका छन्। तिवारीलाई वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले कार हस्तान्तरण गरे।
काठमाडौं, भक्तपुर र ललितपुरका थोक विक्रेताहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको थोक विक्रेता उपहार योजना अन्तर्गत प्रत्येक ५० कार्टुन वाइवाइ चाउचाउ खरिद गर्दा थोक विक्रेताहरूलाई पहेँलो कुपन र ५ सय कार्टुन खरिद गर्दा हरियो कुपन दिइएको थियो।
लक्की ड्र मार्फत थोक विक्रेताहरूले नेटा भी गाडी, हिरो एक्सपल्स मोटरसाइकल, एलजी टेलिभिजन, एलजी फ्रिज, शाश्वत धाम घुम्ने प्याकेज, स्मार्ट वाच जस्ता उपहार राखिएको थियो।
यही योजनाअन्तर्गत काठमाडौंको केएबि स्टोर, राम एन्ड गणेश स्टोर र हाम्रो स्टोर, भक्तपुरको उज्ज्वल स्टोर र ललितपुरका प्रकाश प्रधानले हिरो एक्सपल्स मोटरसाइकल जिते। उपत्यकाका ५ थोक विक्रेताले ५५ इन्चको एलजी टिभी, १० थोक विक्रेताले एलजीको फ्रिज, ५० जनाले साश्वतधाम भ्रमण प्याकेज र ७० जनाले स्मार्ट वाच जितेका छन्।
कार्यक्रममा बोल्दै वाइवाइका सिइओ पुडासैनीले वाइवाइको सफलताको श्रेय नेपाली उपभोक्ताको वाइवाइ प्रतिको माया र वितरण सञ्जालमा संलग्न सबै साझेदारलाई जाने बताए।
वैशाख १२, २०८२ शुक्रबार १४:१२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।