मारवाडी युवा संगठनले अन्नपूर्णा बेस क्याम्पमा सफाइ गर्यो

काठमाडौँ : नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले अन्नपूर्णा बेस क्याम्प क्षेत्रमा सफाइ अभियान सञ्चालन गरेको छ। नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा अन्नपूर्णा बेस क्याम्प क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेको हो।
अध्यक्ष मनोज अग्रवालको नेतृत्वमा उपाध्यक्ष एवं संयोजक नितेश महेश्वरीको समन्वयमा अभियानमा १५ जना सहभागी थिए।
अभियानको क्रममा झिनु डाँडादेखि अन्नपूर्ण बेस क्याम्पसम्मको सम्पूर्ण मार्गमा नन-रिसाइकल फोहोर सङ्कलन गरी सरसफाइ गरिएको थियो।
वैशाख १२, २०८२ शुक्रबार १४:०५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।