सरकार परिवर्तन गर्न थाइल्यान्ड जानैपर्दैन : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणाले सरकार परिवर्तनका लागि थाइल्यान्ड जानुनपर्ने बताएकी छन्।
थाइल्यान्डबाट फर्कने क्रममा विमानस्थलमा भएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन्।
सोही क्रममा उनले कांग्रेस सभापति एवं पति शेरबहादुर देउवा राजनीतिक भेटका लागि थाइल्यान्ड नगएको समेत स्पष्ट पारेकी छन्।
उनले भनिन्, ‘उहाँ (शेरबहादुर देउवा) राजनीतिक भेट गर्न जानुभएकै होइन।’
सरकार ढल्ने हल्ला आफूहरूले पनि सुनेको भन्दै उनले त्यसलाई इन्टरटेनमेन्टका लागि समाचार भन्न भ्याइन्।
‘सरकार ढल्ने हल्ला हामीले पनि त्यहीँ सुन्यौँ। अलिअलि इन्टरटेनमेन्टका लागि आएको समाचारजस्तो लाग्यो। सरकार परिवर्तन हुने भए भित्रैबाट हुन्छ। थाइल्यान्ड जानुपर्दैन’, उनले थपिन्।
वैशाख १२, २०८२ शुक्रबार १३:२४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।