११ बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं : सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो।
यसअघि हिजो साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको थियो।
आजभन्दा १० वर्षअघि ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो। भूकम्पका कारण भौतिक संरचना ढल्दा आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार ३०९ घाइते भएका थिए।
भूकम्पले विभिन्न सांस्कृतिक सम्पदाहरू समेत ध्वस्त बनाएको थियो। अझैसम्म पनि ति सबैको पुर्नर्निर्माण भइसकेको छैन।
वैशाख १२, २०८२ शुक्रबार १२:५५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।