सुनको मूल्य घट्यो

काठमाडौं : सुनको मूल्य तोलामा एक हजारले घटेको छ।
बिहीबार प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८९ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
वैशाख १२, २०८२ शुक्रबार ११:२७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।