गोरखा भूकम्पको एक दशक, यसरी ठडिए ध्वस्त भएका उपत्यकाका सम्पदाहरू (फोटो फिचर)

गोरखा भूकम्पको एक दशक, यसरी ठडिए ध्वस्त भएका उपत्यकाका सम्पदाहरू (फोटो फिचर)

काठमाडौं : आज वैशाख १२ गते अर्थात २०७२ काे विनाशकारी गोरखा भूकम्प गएको एक दशक पुग्यो। गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ वैशाख १२ गते गएको भूकम्पले काठमाडौं उपत्यका लगायत देशका नौ सय २० सांस्कृतिक सम्पदाहरूमा क्षति पुग्यो।

युनेस्को सूचीका १७० सहित काठमाडौं उपत्यकाभित्रका ४०६ र उपत्यका बाहिर ३४४ सम्पदामा क्षति पुगेको तथ्याङ्क छ। क्षति पुगेको ती अधिकांश संरचनाहरूको पुनर्निर्माण सकिएको छ भने केही संरचना सम्पन्न हुने क्रममै छन्।

काठमाडौं दरबार स्क्वायर क्षेत्रभित्र पर्ने काष्ठमण्डप, नौतले दरबार, गद्दी बैठक, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर, मुलचोक सहित सानो-ठूलो गरी ९५ सम्पदामा क्षति पुग्यो। त्यस मध्ये ९० प्रतिशत भन्दा बढीको पुन:र्निर्माण भइसकेको छ।

पाटन दरबार स्क्वायर क्षेत्रभित्रको २४ सम्पदामध्ये २२ को पुनःनिर्माण भइसकेको छ। राणाकालीन अदालत भवन र नरसिंह मन्दिरको पुनःनिर्माण जारी छ।

भक्तपुर दरबार स्क्वायर क्षेत्रभित्रको भूकम्पले क्षति पुर्याएको सत्तल दरबार, वत्सला मन्दिर, शिलु महादेव, रामेश्वर, द्वारिका, केदारनाथ, बद्रीनारायण मन्दिर र दरबार स्क्वायर प्रवेश द्वार मध्ये अधिकांशको पनि पुनःनिर्माण भइसकेको छ।

२०७२ वैशाख १२ को भूकम्पले भत्किएका सम्पदा मध्ये सांस्कृतिक महत्व बोकेको र पर्यटकीय महत्वको काठमाडौं, भक्तपुर र ललितपुर दरबार क्षेत्रभित्र पर्ने केही सम्पदाहरूको भूकम्पले भत्किँदा कस्तो थियो र पुनःनिर्माण भएपछिको अवस्थामा कस्तो भयो। तस्बिरमार्फत हेर्नुहोस्:

बसन्तपुर दरबार क्षेत्रमा रहेको कुमारीघर अगाडिको भूकम्पले ढलेको त्रैलोक्य मोहन नारायण मन्दिर र गद्दी बैठक (दायाँ)

बसन्तपुर दरबार क्षेत्रमा रहेको कुमारीघर अगाडिको पुननिर्मित त्रैलोक्य मोहन नारायण मन्दिर र गद्दी बैठक (दायाँ)

बसन्तपुर दरबार क्षेत्रमा रहेको कुमारीघर अगाडिको भूकम्पले ढलेको त्रैलोक्य मोहन नारायण मन्दिर र माजु देग (दश अवतार मन्दिर)

बसन्तपुर दरबार क्षेत्रमा रहेको कुमारीघर अगाडिको पुननिर्मित त्रैलोक्य मोहन नारायण मन्दिर र माजु देग (दश अवतार मन्दिर)

बसन्तपुर दरबार स्क्वायरभित्र भूकम्पले ढलेको काष्ठमण्डप।

बसन्तपुर दरबार स्क्वायरभित्र भूकम्पले ढलेपछि पुनर्निर्माण सम्पन्न भएको काष्ठमण्डप।

बसन्तपुर क्षेत्रमा भूकम्पले ढलेको नौतले दरबार।

बसन्तपुर क्षेत्रमा रहेको भूकम्पले ढलेपछि पुनर्निर्माण भएको नौतले दरबार।

पाटन दरबार क्षेत्रमा भूकम्पले ढलेको चार नारायण मन्दिर (दायाँ), हरि शंकर मन्दिर (बायाँ) र राजा योगनरेन्द्र मल्लको मूर्ति।

पाटन दरबार क्षेत्रमा पर्ने भूकम्पले ढलेर पुनर्निर्माण गरिएको चार नारायण मन्दिर (दायाँ), हरि शंकर मन्दिर (बायाँ) र राजा योगनरेन्द्र मल्लको मूर्ति।

भक्तपुर दरबार क्षेत्रमा भूकम्पले ढलेको वत्सला मन्दिर।

भक्तपुर दरबार क्षेत्रमा भूकम्पले ढलेपछि पुनर्निर्माण गरिएको वत्सला मन्दिर।

भक्तपुर दरबार क्षेत्रमा भूकम्पले ढलेको तबा सत्तल।

भक्तपुर दरबार क्षेत्रमा भूकम्पले ढलेर पुनर्निर्माण सम्पन्न तबा सत्तल।

वैशाख १२, २०८२ शुक्रबार १०:५६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।