आज काठमाडौंको तापक्रम ३४ डिग्रीसम्म पुग्ने, आइतबारदेखि बदली हुने

काठमाडौं : काठमाडौं उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ। यो क्रम शनिबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आइतबारदेखि बदली भई तापक्रम घट्नेछ। आज काठमाडौंको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बीच रहने महाशाखाको पूर्वानुमान छ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ।
महाशाखाका अनुसार आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानका साथै कोशी प्रदेशको हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
वैशाख १२, २०८२ शुक्रबार ०७:२०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।