युवक कुट्ने चार ट्राफिकलाई जिम्मेवारीबाट हटाइयो, कारबाही शुरू

युवक कुट्ने चार ट्राफिकलाई जिम्मेवारीबाट हटाइयो, कारबाही शुरू

काठमाडौं : युवकमाथि कुटपिट गर्ने चार ट्राफिक प्रहरीमाथि कारबाही शुरू भएको छ। सामाजिक सञ्जालमा भाइरल भएको ट्राफिक प्रहरीले एक युवकलाई कुटेको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै काठमाडौं उपत्यका ट्राफिक कार्यालयले कुटपिटमा संलग्न चार जनालाई जिम्मेवारीबाट हटाइएको छ।

प्रहरी उपरीक्षक दीपक गिरीद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार, उक्त भिडियोमा देखिएको घटना वैशाख १० गते सुन्धारास्थित पुल मुनी घटेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। 

‘ट्राफिक प्रहरी वृत्त, जनसेवा मार्गको जिम्मेवारीमा खटिएका चार जना ट्राफिक प्रहरीलाई हटाइ आवश्यक छानबिन तथा अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

वैशाख ११, २०८२ बिहीबार २०:०७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।