वार्ताबाट शिक्षकहरूको समस्या समाधानको प्रयास गर्छु : नवनियुक्त मन्त्री पन्त

वार्ताबाट शिक्षकहरूको समस्या समाधानको प्रयास गर्छु : नवनियुक्त मन्त्री पन्त

काठमाडौं : नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाट शिक्षकहरूको समस्या समाधान गर्ने बताएका छन्।

बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग उनले शिक्षकहरूको मागबारे आफू जानकार भएपनि अहिलेसम्म भएका प्रयासहरूबारे जानकार नरहेको भन्दै जानकारी लिएपछि मात्रै यस विषयमा बोल्ने बताए। 

‘सबै विषयमा मैले राम्रो जानकारी लिइसकेको छैन। राम्रोसँग जानकारी नलिई विचार व्यक्त गर्न मिल्दैन। अब बोल्ने भन्दापनि काम गर्ने ठाउँमा आएको छु,’ उनले भने, ‘म वार्ताबाट समस्या समाधान गर्न प्रयास गर्छु। मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ। अहिले भन्ने त्यत्ति नै हो।’ 

वैशाख ११, २०८२ बिहीबार १९:२२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।