एमालेको ‘यूथ सेलिब्रेसन’मा अधिकाशं ४० कटेका (फोटोफिचर)

काठमाडौं : एमालेले ‘यूथ सेलिब्रेसन’ भन्दै बिहीबार देशभरका युवालाई राजधानी काठमाडौं बोलायो। स्टेजमा ‘जनताले जितेको दिन, अ यूथ सेलिब्रेसन’ लेखिएको छ। काठमाडौंको भृकुटीमण्डपमा अहिले ‘सेलिब्रेसन’ चलिरहेको छ।
कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन भइरहेका छन्। कार्यक्रमको भीडभाडका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त छ।
एक लाख युवालाई एकसाथ मैदानमा उतार्ने एमालेले दाबी थियो। तर कार्यक्रम स्थलमा सहभागिहरू मध्य अधिकांश ४० कटेका जस्ता देखिन्छन्।
सहभागी मध्य केहिले रातो क्याप लगाएर एमालेको झण्डा बोकेका छन् भने केहिले देशको झण्डा पनि बोकेका छन्।
१० तस्विरमा हेर्नुहोस एमालेको ‘यूथ सेलिब्रेसन’
वैशाख ११, २०८२ बिहीबार १६:४६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।