जम्मू-कश्मीरको उधमपुरमा बन्दुकधारीसँगको मुठभेडमा एक भारतीय सैनिकको मृत्यु

जम्मू-कश्मीरको उधमपुरमा बन्दुकधारीसँगको मुठभेडमा एक भारतीय सैनिकको मृत्यु

एजेन्सी : भारतको जम्मू-कश्मीरको उधमपुरमा सुरक्षा बल र बन्दुकधारीहरूबीच भएको मुठभेडमा एक सैनिकको मृत्यु भएको छ।

भारतीय सेनाको ह्वाइट नाइट कोर्प्सले सामाजिक सञ्जालमा एक पोस्ट मार्फत यो जानकारी दिएको छ।

‘हाम्रा एक बहादुर पुरुषलाई सुरुवाती मुठभेडमा गम्भीर चोट लागेको थियो र पछि उत्तम चिकित्सा प्रयासको बावजुद उनको मृत्यु भयो’, पोस्टमा भनिएको छ।

पोस्टका अनुसार, मुठभेड अझै जारी छ।

मंगलबार जम्मू कश्मीरको पहलगाममा बन्दुकधारीहरूको आक्रमणमा परेर बुटवलका सुदीप न्यौपानेसहित २६ पर्यटकको मृत्यु भएको थियो।

वैशाख ११, २०८२ बिहीबार १२:३०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।