पाकिस्तानका रक्षामन्त्री भन्छन्- भारतीय आक्रमणको उचित जवाफ दिन्छौं

पाकिस्तानका रक्षामन्त्री भन्छन्- भारतीय आक्रमणको उचित जवाफ दिन्छौं

एजेन्सी : पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले चालेका कदमहरूको तुरुन्तै प्रतिक्रिया दिन नचाहेको बताएका छन्।

एक पाकिस्तानी च्यानलसँग कुरा गर्दै उनले भारतमा भएको घटना निन्दनीय भएको र आतंकवादलाई कुनै पनि हिसाबले समर्थन गर्न नसकिने बताए।

सिन्धु जल सन्धिको निलम्बनको बारेमा बोल्दै रक्षामन्त्री ख्वाजा आसिफले भारत लामो समयदेखि यसबाट बाहिर निस्कन चाहेको अहिले मौका पाएको बताए।

उनले पाकिस्तान कुनै पनि भारतीय आक्रमणको उचित जवाफ दिनको लागि शत प्रतिशत तयारी अवस्थामा रहेको बताएका छन्। भारतले हवाई क्षेत्र उल्लङ्घनका लागि पाकिस्तानले पाइलट अभिनन्दनलाई फिर्ता गरेको विषय विर्सन नहुने बताए।

उनले भने, ‘भारतको संरक्षणमा बलुचिस्तानमा आतंकवाद फस्टाउँदैछ। जाफर एक्सप्रेस घटनामा के भयो भन्ने सबैलाई थाहा छ। भारतले पृथकतावादीहरूलाई आश्रय दिएको छ। बलुचिस्तानका पृथकतावादीहरू उपचारको लागि भारत जान्छन्। यसको धेरै प्रमाणहरू छन्।’

ख्वाजा आसिफले भारतले पहलगाम घटनाको लागि अरूलाई दोष दिनुको सट्टा आफैंलाई जिम्मेवार बन्नुपर्ने टिप्पणी गरे। पहलगाम आक्रमण भारत आफैँले गरेको झूटो अपरेशन हुनसक्ने समेत बताए।

उनले भने, ‘कसैले भारतलाई सोध्नु पर्छ कि यदि कश्मीरमा निर्दोष मानिसहरू मारिरहेका छन् भने दशकौंदेखि त्यहाँ उपस्थित सात लाख सैनिकहरू के गरिरहेका छन्?’

वैशाख ११, २०८२ बिहीबार ०९:२६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।