कार्लोसले चढे सीजी मोटर्सको एक्सपेङ्ग जीसिक्स

काठमाडौं : नेपाल सुपर लिगका विशेष अतिथि रूपमा नेपाल आएका ब्राजिलका महान फुटबलर रोबर्टो कार्लोसले नेपाल भ्रमणका क्रममा सीजी मोटर्सको विद्युतीय गाडी एक्सपेङ्ग जीसिक्स चढेका छन्।
नेपाल सुपर लिगको आधिकारिक मोबिलिटी पार्टनरको रूपमा सीजी मोटर्सले कार्लोसलाई यात्रा सहज, सुरक्षित र भव्य बनाउन जीसिक्स उपलब्ध गराएको हो।
सीजी मोटर्सका अनुसार, जीसिक्सले लिगको समग्र प्रतिष्ठा बढाउनुका साथै अन्तर्राष्ट्रिय स्तरका पाहुनालाई उत्कृष्ट सेवा दिन सक्ने क्षमताको प्रदर्शन गरेको छ।
एक्सपेङ्ग जीसिक्सले ० देखि १०० किलोमिटर प्रतिघण्टा गति ६.६ सेकेन्डमा लिन सक्छ भने यसको रेन्ज ४३५ किलोमिटर रहेको कम्पनीको दाबी छ।
फाइभ स्टार एनक्याप सुरक्षा रेटिङ, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र स्वचालित ड्राइभिङ प्रविधिले यसलाई नवप्रवर्तन र गतिशीलताको प्रतीक बनाएको कम्पनीको दाबी छ।
वैशाख १०, २०८२ बुधबार १३:११:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।