नेपाल लाइफको एक दिवसीय सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न

नेपाल लाइफको एक दिवसीय सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न

काठमाडौं : जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा एक दिवसीय सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न गरेको छ।

कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी अवधिका लागि सेल्स रणनीति तर्जुमा गरिएको थियो।

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापक र प्रादेशिक प्रमुखहरू सहभागी थिए।

सञ्चालक अग्रवालले चुनौतीपूर्ण अवस्थामा पनि कम्पनीले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै जीवन बीमालाई भविष्यको आधारशिला र जोखिम व्यवस्थापनको माध्यमका रूपमा प्रस्तुत गरे। उनले बीमा चेतना अभिवृद्धि र बजार विस्तारमा जोड दिए।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीको ऐतिहासिक लक्ष्य प्राप्तिमा विश्वास व्यक्त गर्दै डिजिटल प्रणालीमार्फत सेवालाई छिटो र चुस्त बनाउने प्रतिबद्धता जनाए।

यस्तै, नेशनल सेल्स हेड पोखरेलले बजार हिस्सा र बीमाको पहुँच वृद्धिका लागि सेल्स टिम प्रतिबद्ध रहेको बताए।

समापनमा नायब प्रमुख कार्यकारी अधिकृत कयालले आर्टिफिसियल इन्टेलिजेन्स र भूमण्डलीकरणले ल्याएका अवसरलाई उपयोग गर्न कर्मचारीहरूलाई सीप र ज्ञान अभिवृद्धिमा जोड दिए।

वैशाख १०, २०८२ बुधबार ११:५०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।