ग्लोबल आइएमई बैंकको ‘रुफटप सोलार कर्जा योजना’ सार्वजनिक

ग्लोबल आइएमई बैंकको ‘रुफटप सोलार कर्जा योजना’ सार्वजनिक

काठमाडौं : ग्लोबल आइएमई बैंकले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न ‘रुफटप सोलार कर्जा योजना’ सार्वजनिक गरेको छ।

नविकरणीय ऊर्जाको पहुँच विस्तार तथा जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने उदेश्यका साथ यो योजना ल्याइएको हो।

यो कर्जाबाट होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ्ग कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरूले प्रत्यक्ष लाभ लिन सक्ने बैंकको भनाइ छ।

बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपन तर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको हो। 

वैशाख १०, २०८२ बुधबार ११:४५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।